दैलेख : प्रहरी दिवसको अवसरमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल पञ्चदेवलको सरसफाइ गरिएको छ । ६९औँ प्रहरी दिवसको अवसर पारेर शनिबार नारायण नगरपालिका–६ मा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल पञ्चदेवलको सरसफाइ गरिएको हो ।
६९औँ प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी सुनिल दाहालको नेतृत्वको टोलीले पञ्चदेवलको सरसफाइ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले बताए । सरसफाइ कार्यक्रममा नारायण नगरपालिका ६ का वडा अध्यक्ष जनकप्रसाद न्यौपाने लगायत ४५ जनाको उपस्थितिमा रहेको थियो ।






